काठमाडौँ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले आगामी आर्थिक वर्षको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफलमा सहभागी हुने क्रममा बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको सांसद विष्टको भनाइ थियो । उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महसुल कम्तिमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको बताए ।
चालु खर्च ६१ प्रतिशत, पुँजीगत १९ प्रतिशत, वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहाली लाग्दो अवस्था देखापरेको विष्टको भनाइ थियो ।
बजेटको ११ प्रतिशत मात्रै पुँजीगत खर्च भएको अवस्था रहेको विष्टको भनाइ थियो ।