२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा शून्य समय : किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सांसद अन्जनी श्रेष्ठले हुरीले चितवनका जनताले लगाएका मकै, केराखेतीलाई गम्भीर असर पारेको जनाउँदै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग आग्रह गरे । सांसद अमेरशकुमार सिंहले वर्षात् हुनुभन्दा पहिला नै सर्लाहीका नदीमा तत्काल तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, “बागमती नदीमा तत्काल तटबन्ध निर्माण गरियोस् । नदीले तटीय चार–पाँच वटा गाउँको जनजीवन जोखिममा छ ।”

सांसद अमृतलाल राजवंशी र सांसद जुलीकुमारी महतो महासेठले किसानहरूलाई खेतीको याममा मल उपलब्ध गराउन आग्रह गरे । यसैगरी सांसद उर्मिला थेबेले ताप्लेजुङका हिमाली जिल्लामा प्राविधिक शिक्षाको सुधारमा ध्यान दिन, सांसद गङ्गाप्रसाद यादवले अत्यधिक गर्मीका कारण तराई-मधेशको जनजीवन प्रभावित बनेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य संस्था सुधारका लागि राज्यको थप प्रतिबद्धता आवश्यक रहेको स्वास्थ्यमा चार प्रतिशत बजेटले अपुग भएको, तिसौँ वर्षको स्वास्थ्य दरबन्दीको जनशक्तिले सेवा प्रवाहमा समस्या भएको बताए ।

सांसद ईश्वरी घर्तीले बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजनाको काम छिटो गर्न सोहीअनुसार बजेट छुट्याउन ध्यानाकर्षण गराए । सांसद जावेदा खातुनले बजेट सन्तुलित र समावेशी नभएको र बजेटमा मुस्लिम समुदायको सम्बोधन नभएको गुनासो गरे ।

सांसद अर्जुननरसिंह केसी, कान्तिका सेजुवाल, किरणकुमार साहले स्थानीय तह र सङ्घीय सरकारबीचको समन्वय अभावका विषय ध्यानाकर्षण गराए ।

शून्य समयमा सांसदहरू अशोककुमार चौधरी, आश्माकुमारी चौधरी, ईश्वरबहादुर रिजाल, ईश्वरीदेवी न्यौपाने, कुसुमदेवी थापा, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, चन्द्रबहादुर विश्वकर्मा, जीवन परियार, टेकबहादुर गुरुङ, ऋषि पोखरेल, अम्मरबहादुर रायमाझीलगायतले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।