काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिँदा फ्लोर क्रस भएको छ ।
माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् ।
देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।
अहिले मतदान चलिरहेको छ ।