११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनेम संघले भन्यो-आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक

अ+ अ-

काठमाडौँ । नेकपा एमाले समर्थित अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले आरक्षण र समानुपातिक प्रणाली महिला समानताका लागि बाधक बनेको बताएकी छन् । उनले महिलाहरूको अबको आन्दोलन समानताको लागि हुनुपर्ने पनि बताइन् ।

अनेमसंघ रुपन्देहीको दसौँ जिल्ला सम्मेलनको शनिबार बुटवलमा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हमालले हरेक क्षेत्रमा महिलाहरूको सहभागिता ३३ प्रतिशत पुर्‍याउनुपर्ने भनेर संविधानमा लेखिएको भए पनि अबको लडाइँ भने समानताका लागि हुनुपर्ने बताइन् ।

नेकपा एमाले पोलिटव्युरो सदस्य समेत रहेकी हमालले राणा शासनदेखि पञ्चायत फाल्न र बहुदलदेखि गणतन्त्र स्थापना गर्दासम्म महिलाहरूको लडाइँ ३३ प्रतिशतका लागि मात्र नभई समानताका लागि भएको उल्लेख गरिन् ।

उनले हरेक आन्दोलनमा अग्रमोर्चामा रहने महिलाहरू प्रतिफल पाउने बेलामा भने सबैभन्दा पछाडि रहने गरेको बताइन् ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य लीला गिरीले नेपालको राजनीति स्थिर नबन्दा अस्थिरताबाट फाइदा लिनेहरू रमाइरहेको बताए ।

लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गिरीले आफू स्वरोजगार बन्ने र अरूलाई पनि रोजगारी दिएर आर्थिक उपार्जनको काममा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।

अर्का पोलिटव्युरो सदस्य दधिराम न्यौपाने र लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले आरक्षण र समानुपातिक प्रणालीतर्फ केन्द्रित नभई क्षमता वृद्धि गरी प्रतिस्पर्धातर्फ लाग्न आग्रह गरे ।

अनेमसंघ रुपन्देहीकी अध्यक्ष मधुकला कुँवरले महिला अधिकार र समानताका लागि अनेमसंघले अग्रणी भूमिका निर्वाह गरेको बताइन् ।

सम्मेलनको अवसरमा उत्कृष्ट कार्य गर्ने बुटवल उपमहानगर कमिटी, सैनामैना नगर कमिटी र गैंडहवा गाउँपालिका शाखा कमिटी तथा निवर्तमान अध्यक्ष ममता पौडेललाई सम्मान गरिएको थियो । सम्मेलनले आगामी कार्यकालको लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस