काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन् ।
संघीय संसद् नयाँ बानेश्वरमा आइतबार सांसद महतले उपप्रधान तथा गृहमन्त्री महतले अहिलेसम्म बोलेका कुरा कुनै पनि दिगो र सत्य नभएको बताएका हुन् ।
सहकारी ठगीमा फरार रहेका जीवी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्ने कुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको पनि सांसद महतले बताए ।
‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ । उहाँको अहिलेसम्मको जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनै पनि दिगो हुने कुरा, सत्य कुरा छैन । उहाँले जीवी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो । कुनै त्यस्तो ल्याउने नियत देखिँदैन, ‘महतले भने, ‘उहाँलाई आयो र उसले बयान दियो भने झनै अप्ठ्यारोमा पर्न सक्छु भन्ने लागेको हुनसक्छ । कुरा बढी, काम उल्टो छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको सांसद महतको भनाइ थियो ।