काठमाडौँ । गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिलाहरूको टोलीलाई बिदाइ गरिएको छ ।
शुक्रबार नागपोखरी नक्साल स्थित नेपाल पर्वतारोहन सङ्घको सचिवालयमा बिदाइ कार्यक्रम आयोजना गरी गञ्जला चुली हिमाल आरोहण गर्न जाने २७ जना महिलाहरूको टोलीलाई बिदाइ गरिएको हो ।







