१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साथ दिने दललाई पनि सरकारमा समेट्नेबारे काँग्रेस-एमालेबीच छलफल

अ+ अ-

काठमाडौँ । काँग्रेस-एमालेको सहकार्यलाई समर्थन गरेका दलहरूलाई पनि सरकारमा समेट्नेबारे शीर्ष तहमा छलफल थालिएको छ ।

कुनै उलटफेर नभए यही अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउने सम्भावना छैन । त्यसैले भोलिबाटै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।

हिजो साँझा नयाँ सरकार गठन, मन्त्रीहरूको सहभागितालगायतका विषयमा एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको देउवा सचिवालयले जनाएको छ । दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र सहमति कार्यान्वयनमा केन्द्रित भई कुराकानी भएको काँग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘प्राय: सबै साना दलहरूले काँग्रेस-एमाले गठबन्धनमा समर्थन जनाइसक्नुभएको छ । अब उहाँहरूलाई सँगै लिएर जानुपर्छ भन्ने विषयमा छलफल चलिरहेको छ ।’

उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्न दुई ठूला दलहरूबीच सहमति भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बनेपछि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी सबैलाई सरकारमा सहभागी हुन सदनबाटै आह्वान गर्ने बताए ।

एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेपछि काँग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको छ । मन्त्रालयको भागबण्डा मिलाउन काँग्रेसबाट रमेश लेखक र एमालेबाट शंकर पोखरेल आन्तरिक गृहकार्यमा छन् ।

तर, साना दलहरू पनि सहभागी हुने भएकाले अहिले नै मन्त्रालयबारे टुङ्गो लागि नसकेको ओलीले हिजो बसेको संसदीय दलको बैठकमा पनि ब्रिफिङ गरेका थिए ।

‘मन्त्रालयको बाँडफाँट भइसकेको छैन । को(को सरकारमा सामेल हुने टुंगिएको छैन । साधरणतया हैसियतको आधारमा काँग्रेस र एमालेको बराबर हुन्छ’ उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस