काठमाडौँ । १ साउनका दिन नेपाल आयल निगमको डिपोहरूबाट पेट्रोलियम पदार्थको बिक्री वितरण नहुने भएको छ । यद्यपि यसले उपभोक्तालाई भने कुनै असर नपर्ने निगमले जनाएको छ ।
नयाँ आर्थिक वर्ष सुरु हुने यस दिन आफ्नो बिलिङ प्रणालीलाई अपग्रेड गर्नुपर्ने भएकाले यस दिन डिपोबाट इन्धन बिक्री वितरण नहुने निगमको भनाई छ ।
निगमका अनुसार १ साउनमा पेट्रोल पम्पहरूमा आवश्यक पेट्रोलियम पदार्थ सोमबार नै अतिरिक्त पठाइने र सोमबारदेखि नियमित हुने हुँदा उपभोक्तामा भने असर पर्ने छैन ।