काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ५४ लाख बढी नगद र चेकसहित दुई कृषि प्राविधिकलाई नियन्त्रणमा लिएको छ ।
दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक(अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग कमिसन लिएको अख्तियारको दाबी छ ।
टोलीले मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट नगद ४ लाख १२ हजार नगद घुस लिइसकेको अवस्थामा र ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको दुई लाख पचास हजारका दुई वटा गरी पाँच लाखको चेकसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ४ बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
उनीहरुबारे थप अनुसन्धान भई रहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।