२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौवादुङ्माको कृषि उत्पादन धरान लैजान कृषि एम्बुलेन्स सञ्चालन

अ+ अ-

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेको हो । 

गाउँपालिकाले यहाँको भूगोलअनुसार खेती विस्तारमा ध्यान दिएसँगै किसानले उत्पादन गरेका कृषि उपजलाई बाह्य बजारसम्म लैजाने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। एम्बुलेन्स खरिद गर्न रु २८ लाख बजेट विनियोजन गरिएको उनले बताए ।

“किसानलाई लक्षित गरेर कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेका छौँ”, उनले भने, “कृषि एम्बुलेन्समार्फत यहाँका कृषि उपजलाई बजारीकरणसँगै ढुवानीका लागि प्रयोगमा ल्याउने लक्ष्य छ ।” कृषि एम्बुलेन्स सञ्चालनपश्चात् करिब चारदेखि पाँच घण्टामा पौवादुङ्माको कृषि उत्पादन धरान, इटहरी, विराटनगरलगायत ठूला सहरमा पुग्ने उनले बताए। यहाँ धेरै उत्पादनयोग्य क्षेत्र रहेकाले भूगोलअनुसारको खेती विस्तारमा जोड दिइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले वडा नं १ श्यामशिलामा किवी पकेट क्षेत्र, तिवारीभञ्याङ, बास्तिमलगायत क्षेत्रमा व्यावसायिक अकबरे खुर्सानीसँगै तरकारीखेतीका लागि आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राईले बताए ।

 किसानलाई कृषिमा जोडेर आत्मनिर्भर बनाउने योजनाका साथ काम गरिरहेका छौँ । किसानले उत्पादन गरेको वस्तुलाई सहज रूपमा बाह्य बजार पुर्‍याउने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्न लागेको अध्यक्ष राईले बताए ।

“हामीले विगतका वर्षहरूबाट नै कृषिको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “अहिले अकबरे खुर्सानी तथा किवीले राम्रो उत्पादन दिन थालेको अवस्था छ । यसबाट किसानले राम्रो आम्दानी लिँदै आएका छन् । उत्पादित वस्तुको सहज बजारीकरणका लागि हामी जुटेका छौँ ।”

गाउँपालिकालाई कृषि उत्पादनसँगै दूधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम भइरहेको अध्यक्ष राई बताउछन्। किसानलाई लक्षित गरेर आगामी आर्थिक वर्षमा करिब दुई सय वटा गाईका बाच्छी वितरण गर्ने कार्यक्रम अघि सारेको अध्यक्ष राईले बताए । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सक्ने सम्भावनालाई ख्यालमा राखेर यो कार्यक्रम सञ्चालनको तयारी थालिएको उनले बताए । 

गाउँपालिकामा महिला विकास बोर्ड गठन गरेर महिलालाई उद्यमशीलतामा जोड्नका लागि कृषिको क्षेत्रमा काम गरिरहेको उपाध्यक्ष ज्योत्सना राईले बताए। गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रमअन्तर्गत छ वटै वडामा कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।