२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूरोडकाे फुटपाथ विस्तारमा पुनः स्थानीयको अवरोध

अ+ अ-

काठमाडौँ । न्यूरोडमा फुटपाथ विस्तारमा स्थानीय र व्यवसायीले अवरोध गरेका छन् । न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो । तर स्थानीय र व्यापारीले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । न्युरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि उल्लेख्यमात्रामा  नेपाल प्रहरी, नगर प्रहरी परिचालन गरिएको छ ।

यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो । त्यतिबेला पनि न्यूरोडका स्थानीय र व्यापारीहरूले अवरोध गरेका थिए । 

 स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो । तर, सडक डिभिजन काठमाडौँले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । त्यसविरुद्ध महानगर उच्च अदालत पुगेको थियो ।