काठमाडौँ । बंगलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौँ आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार साढे ११ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।
बंगालदेशस्थित नेपाली दूतावासमा सञ्चार सर्म्पक हुन नसक्दा यकिन विवरण थाहा हुन नसकेको बताइएको छ ।