२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दीको इज्जत बढाउने गरी काम गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सङ्गठनको प्रतिष्ठा र बर्दीको इज्जत बढाउने गरी कार्यसम्पादन गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

नेपाल प्रहरीबाट प्रवाह हुँदै आएको सेवाप्रति जनताको गुनासो बढिरहेको उल्लेख गर्दै उनले जनताका सेवामा समर्पित भएर तहगत जिम्मेवारीमा इमान्दारिपूर्वक खटिनुपर्नेमा जोड दिए । 

प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भएका रामदत्त जोशीलाई बिहीबार दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भने,‘प्रहरीको बर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रित हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत शैली त्यागेर आ–आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

कार्यक्रममा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशीले सङ्गठनको नीतिलाई अङ्गिकार गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।