७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्माणाधीन योजना समयमै सम्पन्न गर्न व्यवसायीलाई निर्देशन

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहत निर्माणाधीन अवस्थामा रहेका संरचनाको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । 

निर्माण व्यवसायीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिँदै अब कुनै पनि बाहना नबनाउन सुझाव दिए । उनले भने, “अहिले मन्त्रालयअन्तर्गत १० जिल्लाका १४ योजना सञ्चालनमा छन् । तीमध्ये पाँच वटा योजनाको म्याद सकिएकाले ती योजनाका लागि मन्त्रालयबाट अन्तिम पटक म्याद थप गर्न समन्वय गर्छौँ, यद्यपि तोकिएको समयमै काम सम्पन्न गर्नुपर्दछ ।”

निर्माण कम्पनीले बलियो तरिकाले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेशभित्रको मात्र नभई अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी हुने गरी काम गर्न व्यवसायीहरूलाई सुझाए । निर्माण व्यवसायीका कारण विकास निर्माण ढिलाहुँदा सरकारलाई दोष नदिन आग्रह गर्दै उहाँले सरकारका तर्फबाट ढिलाइ हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योगदान भरपुर रहेको जिकिर गरे । निर्माण कार्यमा ढिलाइ हुनु कार्यालय र व्यवसायी दुवैको कमजोरी रहेको उनले बताए । निर्माण व्यवसायीहरूलाई राज्यका निकायअनुरूपको व्यवहार गरिनुपर्ने महासचिव बमको भनाइ थियो । 

कर्णाली प्रदेश अस्पताल निर्माण कार्य सम्पन्न आगामी २०८२ मङ्सिर २९ गतेभित्र गर्ने जिम्मा लिएको गौरा श्यामसुन्दर जेभीले हाल ५० प्रतिशत र सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी जेभीले ६५ प्रतिशत काम सकिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस