२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृह मन्त्री लेखकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी गणका नवनिर्मित संरचनाहरूको उद्घाटन

अ+ अ-

कैलाली । गृह मन्त्री रमेश लेखकले बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेश तथा क्वाटर गार्डको एक भव्य समारोहबीच उद्घाटन गरेका छन् । कार्यक्रममा उनले नव निर्मित संरचनाहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् । 

उद्घाटन समारोहमा गृहमन्त्री लेखकले प्रहरी सेवामा उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गरेका छन् । उनले सीमित स्रोत र साधनको बाबजुद नेपाल प्रहरीले गरेको उल्लेखनीय कार्यको प्रशंसा गर्दै नवनिर्मित संरचनाहरूले प्रहरी कामलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । शान्ति सुव्यवस्था कायम राख्नु, अपराध अनुसन्धान, रोकथाम र नियन्त्रणमा प्रहरीको प्रमुख भूमिका रहेको बताउँदै नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलसहित कार्य गर्नुपर्नेमा जोड दिए । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीले समयसापेक्ष समाजको परिवर्तनलाई आत्मसात गर्दै आफ्नो सेवा थप परिष्कृत, उत्तरदायी र नागरिकमुखी बनाउन कटिबद्ध रहेको बताए। उनले नवनिर्मित भवनले प्रहरीको स्वास्थ्य, मनोबल, र कार्य वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शुभकामना मन्तव्य व्यक्त गरे । प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य दिँदै नवनिर्मित भवनहरूको निर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिए । प्रहरी नायव उपरीक्षक ई। चिरञ्जिवी महत्तोले निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । 

उक्त भवनहरूको निर्माण नेपाल सरकारको विनियोजित बजेटबाट सम्पन्न भएको हो, जसको कुल लागत १३ करोड ४० लाख रुपैयाँ रहेको छ।

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर र मायामेट्रो हस्पिटल प्रालि धनगढीका निर्देशक डा। मोहन साउँदबीच एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भयो। यस समझदारी अनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत प्रहरी कर्मचारी, अवकाशप्राप्त प्रहरी, र आश्रित परिवारलाई २५५ औषधि उपचारमा छुट प्रदान गरिनेछ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख भिम बहादुर भण्डारी, विपद् व्यवस्थापन प्राधिकरणका सीईओ अनिल पोख्रेल, प्रमुख सचिव डा. हरि प्रसाद लम्साल लगायत सरकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी, समाजसेवी, तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

यसै अवसरमा गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी परिसरमा नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प धनगढीको भवनको समेत उद्घाटन गरे । यो परियोजना नेपाल प्रहरी कल्याण कोषको ५ करोड ८७ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो।

नवनिर्मित भवन र पूर्वाधारहरूले प्रहरी सेवाको प्रभावकारिता र नागरिक सेवा प्रवाहमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ।