काठमाडौँ । अमेरिकाबाट काठमाडौँ अवतरण गरेका पर्वतको पैँयू गाउँपालिका-१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराएका छन्।
गए राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि उनले विमानस्थलबाहिर कुरिरहेका आफ्ना आफन्तलाई सम्पर्क गरेका थिए।
त्यसपछि उनी सम्पर्कविहीन भएपछि प्रहरी वृत्त गौशालामा दण्डपाणिका आफन्तहरूले निवेदन दिएको प्रहरी वृत्त गौशालाका डिएसपी केशव थेवे प्रशासनलाई जानकारी दिए ।
डिएसपी थेवेका अनुसार भुसालका आफन्त मधु वस्तीले प्रहरीलाई जानकारी गराएकी हुन्। उनीसँगै आएका अन्य चार जना व्यक्ति विमानस्थलमा सँगै अवतरण गरेका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







