काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।
दुर्गा प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
प्रसाईँलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।