काठमाडौँ । सूर्य दर्शन सहकारी बचत पीडितहरूले रास्वपाले आफूहरूको भावनामाथि खेलवाड गरेको गुनासो गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको संघर्षलाई दबाउन खोजेको उनीहरूको भनाई छ।
बुधवार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सूर्य दर्शन सहकारी बचत पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको संघर्षलाई दबाउन खोजेको बताएका हुन्।
आफूहरू सहकारीको बचत रकम फिर्ताको मागसहित आन्दोलित भएको भन्दै उनीहरूले रास्वपाले समेत सोही नारा बोकेर पीडितहरूको भावनामाथि खेलवाड गरेको आरोप पीडितहरूको छ ।







