काठमाडौँ । सभामुख देवराज घिमिरेले किरात धर्मावलम्बीका गुरु फाल्गुनन्द अगुवा समाज सुधारक रहेको बताएका छन् ।
किरात माङ्सेसे हाङ्साम माङ्हिमले फाल्गुनन्दको १४० औँ जन्मजयन्तीका अवसरमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित शङ्खादेवीमा गरेको कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताएका हुन् ।
उनले मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता फाल्गुनन्दका नीति समाज सुधारका लागि महत्वपूर्ण दस्ताबेज भएको बताए ।
उनले फाल्गुनन्दले प्रतिपादन गरेका सिद्धान्तलाई किरात समुदायमा मात्रै सीमित नगरी देशैभर फैलाउन जरुरी रहेको पनि बताएका छन् ।