२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिमन एक लाख रुपैयाँ नजिक पुग्यो अलैँचीको मूल्य 

अ+ अ-

काठमाडौँ । पहाडी जिल्लामा उत्पादन हुने अलैँचीको मूल्य एक दशकपछि एक लाख रुपैयाँ नजिक पुगेको छ । व्यापारीहरूका अनुसार अलैँची प्रतिमन (४० किलो) एक लाख रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । 

अलैँची व्यवसायी महासंघ नेपालले ठूला र राम्रो दानाको प्रतिमन एक लाख, पुच्छर काटेको (कैँची कट भनिन्छ) लाई ९८ हजार र चलनचल्तीको (सुकाएर निकालेको) लाई ९५ हजारका दरले कारोबार भइरहेको बताएको छ ।

महासंघका अनुसार पछिल्लो दशकमै अलैँचीको मूल्य यतिसम्म पुगेको थिएन । २०७० र ०७१ सालमा एक लाख ५ हजार सम्म मूल्य पुगेको थियो । गतवर्ष भने यो समयमा ६० हजार प्रतिमन रहेको थियो । जिल्लाका व्यापारीहरूले अहिले नै पनि मनको एक लाख रुपैयाँ लगाउन थालेका छन् ।

नेपालमा उत्पादित ९० प्रतिशत बढी अलैँची झापाको काँकडभिट्टा नाका भएर भारत निर्यात हुने गरेको व्यवसायी बताउँछन् । जिल्ला र गाउँका व्यापारीले बिर्तामोडको दरभाउमा भाडा जोडेर खरिद गर्ने गरेका छन् । कतिपयले मूल्य बढ्ने आशामा चलेकोभन्दा बढी मूल्यमा खरिद गर्ने र राख्ने गरेको व्यापारीहरू बताउँछन् ।

सुकेको अलैँची जति राख्दा पनि नबिग्रिने भएकाले किसान स्वयम्‌ले पनि गोदाम गरेर राख्छन् । तर गाउँघरमा आगलागी र चोरीको डर हुने भएकाले अधिकांशले उत्पादन गरेपछि सदरमुकाम पुर्‍याएर राख्ने गरेका छन् ।