७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा सरकार सुस्त भएको सत्ता गठबन्धनको निष्कर्ष

अ+ अ-

काठमाडौँ। मधेशमा सत्ता गठबन्धनले जनमत पार्टी नेतृत्वको सरकारको काम सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा सतीशकुमार सिंह नेतृत्वको सरकारले बजेट खर्च गर्न नसकेको, काम सन्तोषजनक नभएको विषय उठेको लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताए ।

उनका अनुसार यो विषयमा मुख्यमन्त्री, मन्त्री र गठबन्धन दलका नेताहरू बसेर बजेट खर्च हुन नसक्नुको कारण र प्रभावकारी ढंगले अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नेछ ।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएर जनतामा निराशै निराशा, गुनासै गुनासा रहेको विषय उठेको बताए ।

‘काम गर्न नसकेकाले जनतामा सरकारप्रति निकै निराश, गुनासो, विगतको सरकार भन्दा पनि खतम छन् भन्ने टिप्पणी र नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेपछि जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेको थियो’, उनले भने ।

उनका अनुसार प्रदेश बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) नखोलिएकोले बजेट खर्चमा चुनौती देखिएकोले तुरुन्त खोल्ने र सरकारको विषयमा समीक्षा भएको छ ।

त्यस्तै गठबन्धन दलको नियमित बैठक बस्नुपर्ने, कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने लगायत विषयमा छलफल भएको उनले बताए ।

उनका अनुसार यो बैठक जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतकै सल्लाहमा बसेको थियो ।

बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता समेत रहेका सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, जनमतका प्रदेश सांसद सञ्जय यादव सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस