११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्न पत्र छाप्न माग

अ+ अ-

काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालय (एमयू)का सम्पूर्ण प्रश्न पत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा छाप्न विद्यार्थीहरूले माग गरेका छन् ।

बुधबार विद्यार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालयलाई एक ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरूको प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गर्नुपर्ने माग गरेका हुन् ।

विश्वविद्यालयको शिक्षाशास्त्र संकाय, कानुन संकाय, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दीपक अधिकारीलाई भेटेर ज्ञापन पत्र बुझाएको शिक्षा संकायको स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी दीपक उपाध्यायले जानकारी दिए ।

उनले भाषाका कारण विद्यार्थीहरूको ज्ञान मर्नु हुँदैन भन्ने मान्यतालाई आत्मसाथ गर्दै अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र प्रकाशन गरिनु पर्ने बताए ।

मुलुकको सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालयले समेत अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र प्रकाशन गर्ने निर्णय गरेको भन्दै विद्यार्थीहरूले एमयूलाई पनि सो व्यवस्था लागु गर्न आग्रह गरेका हुन् । विद्यार्थीहरूको ज्ञापन पत्र बुझ्दै परीक्षा व्यवस्थापन प्रमुख अधिकारीले पनि विद्यार्थीको माग जायज भएको र यसबारे कार्यालयको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस