७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच दिन लगातार घटेको नेप्से आज उच्च अंकले बढ्यो

अ+ अ-

काठमाडौँ । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८अंकले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ७१ प्रतिशतको वृद्धि हो ।

परिसूचक बढे पनि कारोबार रकम भने रु. पाँच अर्बमा खुम्चिएको छ । आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा रू. पाँच अर्ब पाँच करोड छ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने शून्य दशमलव ३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त एक दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव शून्य पाँच, जलविद्युत् एक दशमलव ९६ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ ।

जीवन बिमा समूह एक दशमलव शून्य सात, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६०, लघुवित्त शून्य दशमलव ४२, निर्जीवन बिमा एक दशमलव शून्य तीन, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव ५७ प्रतिशतले बढेको हो ।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू. ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस