काठमाडौँ। ३ जना उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
आर्थिक योजना तथा तथ्यांक सेवाका १ र इन्जिनियरिङ सेवाका २ जना गरेर ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो ।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बुधबार बसेको बैठकले आर्थिक योजना तथा तथ्यांक सेवाका १ र इन्जिनियरिङ सेवाका २ गरेर ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
आर्थिक योजना तथा तथ्यांक सेवातर्फ बढुवा हुनेमा ढुण्डी राज लामिछाने रहेका छन् ।
यस्तै, इन्जिनियरिङ सेवातर्फ राज कुमार गोइत, पुष्कर प्रसाद पोखरेल रहेका छन् ।