२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रगति विवरण पेस गर्न मातहतका निकायहरूलाई खानेपानी मन्त्री यादवको निर्देशन

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालय मातहतका निकायहरूलाई हालसम्मको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् । 

आज मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूह (एसएमटी)को बैठकमा मन्त्री यादवले खानेपानीका क्षेत्रमा हालसम्म भएका कामका प्रगति विवरण पेस गर्न निर्देशन दिएका हुन् । 

“के कति प्रगति भएका छन् ? कति काम सम्पन्न हुन बाँकी छन्, लिखित रूपमा प्रतिवेदन पेस गर्नुहोला । त्यसैका आधारमा अन्य काम अगाडि बढाउन थप सहज होस”, उनले भने।

मन्त्री यादवले मन्त्रालय मातहतका निकायद्वारा सञ्चालित कतिपय आयोजना समयमा सम्पन्न नभएकाले त्यसको कारण पेस गर्न समेत निर्देशन दिए। मातहतका निकायले सञ्चालन गरिरहेका कामबारे नियमित जानकारी लिन प्रत्येक महिना एसएमटीको बैठक राख्नसमेत उनले निर्देशन दिए ।

बैठकमा मन्त्रालयका सचिव ई. प्रमीलादेवी शाक्य बज्राचार्यसहित खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), काठमाडौँ खानेपानी उपत्यका लिमिटेड (केयुकेएल), मेलम्ची खानेपानी विकास समिति, खानेपानी संस्थान, सहलगानी बोर्डका प्रमुख एवं पदाधिकारीहरूले आफ्नो कार्यालयका कामबारे जानकारी गराएका थिए ।