२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली आफैँले गरेको तीन बुँदे सहमति कार्यान्वयन गरेनन् : ‘विप्लव’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले सरकारले संसदमा दर्ता भएको केही नेपाल ऐन (संशोधन) विधेयकको दफा ६४ फिर्ता लिने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट पछि फर्किनुलाई छलछाम र षड्यन्त्रयुक्त कदम भएको उनको निष्कर्ष छ।

विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केपी शर्मा ओली नेतृत्वको सरकार आफैँले विगतमा गरेको निर्णय कार्यान्वयन गर्नुको सट्टा राजनीतिक सहमतिबाट राज्य आफै पछि फर्किनु, छलछाम र षड्यन्त्रबाट गुज्रन खोजेको प्रष्ट भएको छ ।’

कानूनमन्त्री मन्त्री धनराज गुरुङले राजनीतिक दलमाथि लागेका मुद्दा फिर्ता लिने निर्णय बदर गर्ने गरी वर्तमान कानूनमन्त्री अजयकुमार चौरसियाद्वारा विधेयक प्रस्ताव गर्नुलाई तीन बुँदे सहमतिबाट सरकार पछि हट्न खोजेको नेकपाको बुझाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको त्यसप्रकारको पश्चगमनबाट हामी चिन्तित छैनौँ । किनकि न्यायपूर्ण आन्दोलन जोसुकेबवाट आउने धम्की र विषयान्तर गर्ने प्रयत्नले रोक्न सकिन्न । जनतामाथि हुने दमन र षड्यन्त्रकोविरुद्ध विद्रोहको अधिकार सुरक्षित रहन्छ ।’

तीन बुँदे सहमति कार्यान्वयनका लागि सरकारलाई दबाब दिन सम्पूर्ण न्यायप्रेमी व्यक्तित्व, संस्था र राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन्।

२०७७ फागुनमा ओली नै प्रधानमन्त्री भएको बेलामा तीन बुँदे सहमति गरेर ‘विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको थियो। तर, अहिलेसम्म सरकारले आफूहरूसँग भएको सहमति कार्यान्वयन नगरेर विधेयक नै फिर्ता लिएको खोजेको भन्दै अहिले असन्तुष्टि जनाएका हुन्।