९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरको पुनर्वासमा १३ पुस खबरदारी सभा गर्दै माओवादी

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वासमा भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ ।

माओवादी केन्द्रले १३ पुसमा पुनर्वासको टाउन बजारमा सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै खबरदारी सभा गर्न लागेको हो ।

माओवादी केन्द्रले बिहीबार पत्रकार सम्मेलन गर्दै खबरदारी सभाबारे जानकारी दिएको छ ।

सभालाई पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने उपमहासचिव एवम् सुदूरपश्चिम इन्चार्ज गिरीराजमणि पोखरेलले जानकारी दिए ।

पोखरेलले खबरदारी सभामार्फत नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितिको भण्डाफोर गरिने बताए ।

सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आबद्ध व्यक्तिहरूलाई छानाछानी षड्यन्त्रपूर्वक विभिन्न खालका चलाइरहेको तर सत्तापक्षका गलत कर्तुत ढाकछोप गर्ने प्रयास भइरहेको आरोप उनले लगाएका छन् ।

माओवादी केन्द्रको जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाई पार्टी अध्यक्ष दाहालसहितका नेताले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

माओवादीले शक्ति प्रदर्शनका रूपमा समेत लिएको उक्त सभामा २० हजारभन्दा बढी मानिस उतार्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस