काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरीको वि.नं. २५/०८०-८१ (खुला तथा समावेशी), प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको संशोधित गरिएको नतिजा प्रकाशन गरेको छ ।
आयोगले मिति २०८१/०८/०१ गते प्रकाशित सूचना नं. ५६३/०८१-८२ को लिखित परीक्षाको नतिजामा अन्यथा हुन गएकोले आयोगको मंगलबारको निर्णयानुसार देहायका रोल नं. तथा नाम, थर भएका उत्तीर्ण उम्मेदवारहरूको नामावली वर्णानुक्रमअनुसार समावेश गरी यो संशोधित सूचना प्रकाशित गरेको हो ।
लिखित परीक्षाको नतिजामा समावेश भएका उम्मेदवारहरूले अन्तर्वार्ता तथा अन्य कार्यक्रमका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न आयोगले अनुरोध गरेको छ ।
हेर्नुहोस् नतिजा :