काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पनि जोडिएका छन् ।
राप्रपा केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् ।
उनीसहित ३९ व्यक्तिलाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।







