काठमाडौँ। सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो।
नवनिर्वाचित अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको सम्बन्धी दुई वटा मुद्दा दर्ता भएको छ ।
वडा अध्यक्ष साहसहित अर्का आरोपी शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ ।
नवनिर्वाचित वडा अध्यक्ष साह २० मंसिरमा शपथ समारोहबाटै पक्राउ परेका थिए ।