काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले जनयुद्धमा बेपत्ता पारिएकाहरूको अभिलेखसहित ‘रेड बुक’ बनाउने प्रस्ताव राखेका छन् ।
आइतबारबाट जारी पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा बस्नेतले जनयुद्धका शहिद र बेपत्ताहरू बराबर भएको भन्दै त्यसको अभिलेख हुनुपर्ने बताएका हुन् ।
‘आफू मरेर अरूलाई उज्यालो छर्नुमा जीवन देख्ने महान् शहिद, बेपत्ताहरू सबै उत्तिकै महान् हुन्,’ बस्नेतले भनेका छन्, ‘केन्द्र, प्रदेश, जिल्ला, पालिका तहमा व्यवस्थित अभिलेख सहितको रेड बुक तयार पारौँ ।’
उनले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्वको रूपमा गर्व गर्नुपर्ने पनि बताए । केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेन्डा नराख्न आग्रह गर्दै अवधि पुगेपछि स्वतः हुनुपर्ने बताए ।
बरु, ‘प्रचण्ड’ले प्रत्येक साता एकजना स्थानीय तहका जनप्रतिनिधि र पार्टी कमिटी प्रमुखसँग भर्चुअल संवाद गर्न आवश्यक रहेको बताएका थिए ।
उनले फागुन १ गतेलाई बलिदान दिवसको रूपमा मनाउने निर्णय गर्नुपर्ने प्रस्ताव पनि राखेका छन् ।
‘बलिदान दिवसभित्र नै जनयुछलाई उत्सवको रूपमा मनाऔँ,’ केन्द्रीय सदस्य बस्नेतको प्रस्ताव छ, ‘पटक-पटक जनयुद्धलाई अदालतबाट अस्वीकृत नगराऔँ ।’