काठमाडौँ । दसैँ बिदापछिको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको हो ।
महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । दसैँअघि असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यसँगै चाँदीको भाउमा पनि गिरावट आएको छ । दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदी आइतबार १९५ रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
.




