५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिउँदैलाई मरेको बनाएर विधवा भत्ता दिनेमाथि कारवाहीको माग गर्दै उजुरी

अ+ अ-

काठमाडौँ । जिउँदै व्यक्तिलाई मरेको बनाएर विधवा भत्ता उपलब्ध गराउने वडा अध्यक्षलाई कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी परेको छ । रौतहटको दुर्गाभवती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धर्मेन्द्रकुमार झाले गैरकानूनी कार्य गरेको भन्दै वडा नम्बर २ का स्थानीय लालबाबु महतोले प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी गरेका हुन् ।

वडा अध्यक्ष झाले आफ्नै वडा कार्यालयमा कार्यरत सहयोगी गगनदेव महारकी श्रीमती फुलशंकरदेवी महरालाई श्रीमान् जीवितै रहँदा पनि विधवा भत्ता दिइरहेका उजुरीमा उल्लेख छ । यस्तै उनले आफ्नै श्रीमतीको मावलीतर्फका हजुरबुवा इश्वराथ झाको उमेर बढाएर ज्येष्ठ नागरिक र हजुरआमा निर्मलादेवी बाहुनीलाई विधवा भत्ता, अर्का हजुरबुवा कपलेश्वर झा जीवित हुँदाहुँदै उनका श्रीमती महाकाली देवीलाई विधवा भत्ता दिने गरेको उजुरीमा उल्लेख छ ।

यस्तै, अर्का भाइ प्रहरी निरीक्षकबाट अवकाश पाएका रेवन्त झाका श्रीमती भारतीदेवी झालाई उनका श्रीमान् जीवित भए पनि विधवा भत्ता, तत्कालीन वडा सदस्य श्यामकान्त झाका बुबा अमरकान्त झालाई १७ वर्ष उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता, उनकी आमा रेणुदेवीको नाममा दाहोरो विधवा भत्ता, धनेश्वर झालाई ज्येष्ठ नागरिक भत्ता, काकी मुन्द्रिका देवीलाई श्रीमान् जिवितै भए पनि विधवा भत्ता दिँदै आएको उजुरीमा उल्लेख छ ।

साथै ललिता देवीलाई श्रीमान् जीवित भए पनि विधवा भत्ता, वडा अध्यक्ष झाका काका उपदेशनारायण झा शिक्षक सेवाबाट अवकाश पाएर नेपाल बैंक लिमिटेड गौर शाखाबाट पेन्सन पाइरहेको भए ज्येष्ठ नागरिक भत्ता लिएर दोहोरो सुविधा उपलब्ध गराइरहेको उल्लेख छ ।

तिनै शिक्षक झा जिवितै भए पनि उनकी श्रीमतीलाई मायादेवी बाहुनीलाई विधवा भत्ता, वडा अध्यक्षका काका नित्यानन्द झा जिवितै रहे पनि उनकी श्रीमती शकुन्तलादेवीलाई विधवा भत्ता, अध्यक्षकै दाजु पर्ने साहेब झा जीवितै रहे पनि उनकी श्रीमती पुनमदेवीलाई विधवा भत्ता, अर्का दाजु सीताराम झा जिवितै रहे पनि श्रीमती मन्दोदरी देवीलाई विधवा भत्ता उपलब्ध गराइँदै आएको उजुरीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस