काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकाका एक स्वतन्त्र वडा अध्यक्ष एमाले प्रवेश गरेका छन्।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा स्वतन्त्र रूपमा चुनाव लडेर जितेका डिलासैनी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रकाशमणि भट्ट नेकपा एमालेमा प्रवेश गरेका हुन् । बिहीबार आफूसहित विभिन्न दलका करिब ३५ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको वडा अध्यक्ष भट्टले प्रशासनलाई बताए ।
भट्टसहित वडा सदस्य गणेश धामी, जनकराज जोशी, दीपक बहादुर धामी, भरतबहादुर भट्ट, खडकसिंह धामी एमालेमा प्रवेश गरेको एमाले बैतडीले जनाएको छ ।
यस्तै, सुन्दर सिंह धामी, नर ब बोहरा, गोपाल बोहरा, कुमार लोहार, सगरमणि भट्ट, दीपक बोहरा, कुमार लोहार, सगर वड, मानवीर जागरी, संकर बोहरा, जिमला बोहरा, देव बोहरा र अमर बोहरा रहेका छन् ।