काठमाडौँ । कोशी प्रदेशको हिउँदे अधिवेशनमा १० वटा विधेयक सभामा टेबल हुने भएको छ ।
भोलिबाट सुरु हुने अधिवेशनमा १० वटा विधेयक संसदमा टेबल गर्ने तयारी रहेको छ । ती मध्य केही विधेयक संशोधनका रूपमा समेत सभामा टेबल हुने नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक विदुर कुमार लिङथेप ले बताए ।
संसदीय पत्रकार मञ्च कोशीसँग अन्तरक्रिया गर्दै उनले यस पटकको हिउँदे बिजनेसको अभाव नहुने बताए । ती विधेयकलाई म्याचुवर्ड गराउन मिडियाको पनि भूमिका रहने बताए । उनले पत्रकारसङ कुराकानी गर्दै प्रदेश सभालाई प्रभावकारी बनाउन मिडियाको पनि भूमिका रहने बताए ।
उनले २ महिनाका लागि प्रदेश सभामा बिजनेसको कमी नहुने बताए । उनले भने, ‘यस पटक कानुन बनाउन हतार हुँदैन । सरोकारवालासङ तल्लो तहमा लगेर पनि छलफल हुने छ ।’
कुनै विधेयक पास नगरी नहुने भए पास गर्ने तर पछि गर्दा पनि हुन्छ भन्ने देखिए थप छलफल गरेर विधेयक पास गरिने लिङथेपले बताए ।