काठमाडौँ । त्रिविको कीर्तिपुरस्थिति केन्द्रीय क्याम्पसमा पाँच विद्यार्थी संगठनले लगाएको ताला खुलेको छ । पाँच विद्यार्थी संगठन र क्याम्पसबीच ताला खुलाउने सहमति भएको हो ।
विद्यार्थीले उठाएको विषयको छानबिन गर्न केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने सहमति भएपछि ताला खुलेको हो ।
एनपीएलको पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोप लगाउँदै छानबिनको माग राखेर पाँच वटा विद्यार्थी संगठनले २५ मंसिरमा क्याम्पसमा ताला लगाएका थिए ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैटौँ, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियनले ताला लगाएका हुन् । सहमतिपछि विद्यार्थीहरूले तला खोलेको बताएका छन् ।