२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक करोडभन्दा बढी बिगो भए सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिने

अ+ अ-

काठमाडौँ । एक करोड वा त्योभन्दा बढी बिगो कायम भएका पैसा वा सम्पत्तिसँग जोडिएका मुद्दामा सम्पत्ति शुद्धीकरण कसुरमा पनि अनुसन्धान हुने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

गत वर्ष चैतमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन २०६४ संशोधन भएपछि यो कसुरमा अनुसन्धान गर्ने र मुद्दा दायर गर्ने अधिकार सम्पत्ति शुद्धीकरण विभागबाट अख्तियार र प्रहरीमा समेत विस्तार भएको छ। अधिकार विस्तार भएसँगै अब जथाभावी रूपमा सम्पत्ति शुद्धीकरण मुद्दा लाग्ने अवस्था नआउने महान्यायाधिवक्ता रमेश बडालले बताएका हुन्।

शुद्धीकरण निवारण राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता बडालले अनुसन्धान र अभियोग गर्ने निकायको विस्तार भए पनि त्यसबाट कोही पनि डराउनु नपर्ने बताए। सम्पत्तिसँग जोडिएका अरु कसुरमा बिगो एक करोडभन्दा बढी भए मात्रै सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको बताए।

बडालले भने, ‘एक करोडभन्दा माथि बढी बिगो भएका मुद्दामा शुद्धीकरण कसुरमा अनुसन्धानमा आउँछ। त्यस्ता कसुरमा मात्रै अनुसन्धान र अभियोजन हुन्छ। कम बिगोका वा जुनसुकै मुद्दामा सम्पत्ति शुद्धीकरण आकर्षित हुँदैन।’

एक करोडमा बिगोको सीमा औपचारिक रूपमा नभई अनौपचारिक रूपमा लागू गरिएको उनको भनाइ छ।

२०६४ सालमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन २०६४ जारी भएको अवसरमा प्रत्येक वर्ष माघ १४ गतेलाई सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ।

शुक्रबार त्यसै अवसर पारेर महान्यायाधीवक्ता कार्यालयले छलफल चलाएको हो।