२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महाभूकम्पको संविधानयात्रा’ विमोचित

अ+ अ-

काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रा. डा. भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ ।

कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्षेत्रमा ज्यादै महत्त्वपूर्ण योगदान गर्नुभएका स्रष्टाको अन्तरमनको संवेदनशीलतालाई २०७२ को भूकम्प र त्यसपछि निर्माण भएको संविधानले उजागर गरिदिएको बताउनुभयो ।

समालोचक डा. नेत्र एटमले कानुनविज्ञ प्रा. डा. कार्कीले संविधानको निर्माण हुनु भनेको विध्वंस व्यहोरेपछिको सकारात्मक निर्माण भएको र त्यो सुन्दर निर्माणलाई पचाउन नसकेर नाकाबन्दी लादेको सन्दर्भलाई कवितामा उजागर गरेको बताउनुभयो ।

कविकी जीवनसङ्नी विमलाले कविता प्रकाशनमा अशक्त अवस्था भए पनि सहयोग गर्न पाएको बताउनुभयो । सो अवसरमा नियात्राकार पोष चापागाईँले नियात्राकार देवकी केसीलाई रु एक हजार पुरस्कार अर्पण गर्नुभयो ।

गोष्ठीमा बालकवि प्रलिसा अधिकारी, कवि कणाद महर्षि, भारती न्यौपाने, बालाकृष्ण अधिकारी, विजया बस्नेत, ओमप्रसाद कोइराला, रश्मि रिमाल, तारा गाउँले, चूडा निर्भीक, मुकुन्द न्यौपाने, अभ्यस्त यात्री, डा. विदुर चालिसेलगायतले आआफ्नासमसामयिक कविता, गीत र गजल वाचन गर्नुभएको थियो ।

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल र कोषाध्यक्ष गोपालकुमार मैनालीले स्रष्टाले सधैँ खबरदारी गर्नुपर्ने जोड दिनुभयो । रासस