२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको दाबी : कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको बताएका छन् ।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले पनि काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए ।

‘अब १७–१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालेले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली काँग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’

प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके अरु विकल्प नहुने जिकिर गरे ।

‘अहिले पनि प्रमुख दलहरू मिलेर यस देशलाई विकासको बाटो दिन सकेनन् भने विकासको बाटो दिन सकेनन् भने यहाँ तेरो मेरो भन्ने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘७ सय ५३ वटा पालिका हामी विकास गरेर छाड्छौँ । कसैले पनि यो विकासको गतिलाई रोक्न चाहेर पनि सक्दैन । सबै पालिकामा विकास गर्छौँ ।’

उनले अघि थपे, ‘काँग्रेस र एमाले मिलेर सरकार बनाउने तैपनि विकास गर्न नसके विकल्प कहाँ रह्यो । त्यसपछि भयानक निराशा हुन्छ ।’