२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले सातै प्रदशमा ‘सर्वांगीण संवाद’ गर्ने 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा ‘सर्वांगीण संवाद’ गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको सचिवालय बैठकले केन्द्रीय सचिवालय सदस्य पदाधिकारीहरुको नेतृत्वमा फागुन महिनामा सातै प्रदेशमा सर्वांगीण संवाद गर्ने निर्णय गरेको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

संवाद कार्यक्रममा उपयुक्तता अनुसार केन्द्रीय नेता र सांसदहरूलाई समावेश गर्ने निर्णय पनि भएको छ ।

जसका लागि विभिन्न प्रदेशमा नेताहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ ।

सुदूरपश्चिम प्रदेश दीपक बोहरा र प्रतिभा रावल, कर्णाली प्रदेश, लिमा अधिकारी, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, गण्डकी प्रदेशमा, शिशिर खनाल, बागमती प्रदेशमा सन्तोष परियार र वसुमाया तामाङ, मधेस प्रदेश, विराजभक्त श्रेष्ठ र मनिष झा, कोशी प्रदेशमा सुमना श्रेष्ठ र रमेश प्रसाईंलाई तोकिएको छ ।

त्यस्तै रास्वपाले प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरूलाई रास्वपामा आवद्ध गर्न गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।

त्यस्तै, केन्द्रीय सदस्य कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गर्ने निर्णय पनि भएको कार्यबाहक प्रवक्ता रावलले बताइन् ।

प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रीय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन पनि दिएको छ ।