६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार र ‘नो केबलकार’ समूहबीचको वार्ता निष्कर्ष विहीन

अ+ अ-

काठमाडौँ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्ष र सरकारबीच आज आज भएको वार्ता बिना निष्कर्ष टुंगीएको छ ।

आन्दोलनरत पक्षले राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने अडान लिएपछि आज भएको वार्ता बिना निष्कर्ष सकिएको हो ।सरकारले नो केबलकार पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सह सचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

यसअघि भएको वार्तामा भएका सहमति समेत कार्यान्वयन नभएकाले उच्च स्तरीय राजनीतिक नेतृत्वसँग मात्रै वार्ता गर्ने माग सम्बोधन नभएपछि वार्ता बिना निष्कर्ष सकिएको वार्ता सहजीकरण समितिले जनाएको छ ।

अघिल्लो आइतबार अबेर राति सम्म भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि सोमबार ११ बजेबाट वार्ता भएको थियो । सरकारले वार्ता टोली गठन गरेपछि नो केबलकार समूहले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको थियो ।

यसअघिको वार्तामा आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई बिनाशर्त छाड्ने सहमति गरेको थियो । तर सहमति विपरीत धरौटीमा तारिखमा छाडिएको आन्दोलनरत पक्षले जनाएको छ ।

पाथीभरा क्षेत्रमा केवल कार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न संघीय सरकारले एक साता अघि गृह मन्त्रालयका सह सचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

वार्ता टोलीले आन्दोलनरत पक्षलाई औपचारिक वार्ताका लागि आव्हान गरेसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस