काठमाडौँ। पूर्वसञ्चार तथा सूचना रेखा शर्माले प्रधानमन्त्री दाङ पुगेर मतदाताको अपमान गरेको बताएकी छिन् ।
नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिंगो मतदाता प्रतिको अपमान गरेको बताएकी हुन् ।
प्रधानमन्त्री ओलीले पोखरेले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पणी गरिन् ।
आम मतदाताले कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिँदै शंकर पोखरेललाई दंगाली जनताले हराएर गल्ती गरे भन्नु सिंङगो दंगाली जनताप्रति नै अपमान गरेकोमा खेत प्रकट गरिन् । २०७४ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकै साहारामा चुनाव जितेको प्रधानमन्त्री ओलीले नभुल्न नहुने बताइन् ।
प्रतिनिधि सभा दाङ क्षेत्र नं.२ बाट निर्वाचित पूर्वमन्त्री शर्माले शंकर पोखरेले माओवादी केन्द्रको सहयोग बिना चुनाव जित्न नसक्ने दाबी गरिन् । एमाले पार्टीले विकास गर्ने नाममा जनतालाई ढाटेर कमिसन पाउने आशामा आफू निकटका मान्छेलाई घोराही, तुलसीपुर चारलेन सडकको ठेक्का दिएको बताउँदै एमालेकै कारण चार लेन सडक बन्न नसकेको प्रतिक्रिया दिइन् ।
२०७९ मंसिरमा प्रतिनिधिसभा चुनावमा दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । उनलाई माओवादीकी रेखा शर्माले १०३ मतले हराएकी थिइन् ।