१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्जका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जमा रहेका निजी अस्पतालहरूमा बुधबार छड्के अनुगमन गरेका छन्। वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानमा रहेका ७ वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गरेका हुन्। त्यसक्रममा उनले इजजात बिना सञ्चालित एउटा अस्पताल बन्द गर्न अस्पताल प्रशासनलाई पत्र पनि काटेका छन्। 

बुधबार  मुख्यमन्त्री सिंहले वीरगन्जका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि, प्रभु हस्पिटल एण्ड रिसर्च सेण्टर, सर्वोत्तम हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेण्टर, स्पर्श मल्टिस्पेसिलिटी हस्पिटल, गण्डक हस्पिटल प्रालि र शाह हस्पिटल प्रालिमा छड्के अनुगमन गरेका हुन्। 

अनुगमनका क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरको अस्पताल सञ्चालनका लागि आवश्यक इजाजत पत्र लगायत कुनैपनि कागजात नभेटिएपछि मुख्यमन्त्री सिंहले तत्काल उक्त अस्पताल बन्द गर्न पत्र काटेको अनुगमन टोलीमा सहभागी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए। 

त्यस्तै अस्पतालको इजजात पत्र नविकरण नगरेका भवानी हस्पिटल एण्ड रिसर्च प्रालि र पर्श मल्टिस्पेसिलिटी हस्पिटललाई तत्काल नवीकरण गराएर सम्पूर्ण कागजातसहित प्रदेशको स्वास्थ्य मन्त्रालयमा उपस्थिति हुन दुवै अस्पतालका सञ्चालकलाई मुख्यमन्त्री सिंहले लिखित निर्देशन दिएको ठाकुरले बताए। अस्पतालको अनुगमनपश्चात अन्नपूर्णसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, ‘वीरगन्जका निजी अस्पतालका सेवा बारे व्यापक जनगुनासो आएको थियो। त्यसैलाई मध्यनजर गर्दै बुधबार आफैँ वीरगन्ज आएर मैले निजी अस्पतालहरूको अनुगमन गरेको हुँ।’

प्रतिक्रिया दिनुहोस