७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईले भने-कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण भइरहेको विवादबारे संसद्‌बाट ध्यानाकर्षण गराएका छन् । उनले नेपालको कानुन अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताए ।

‘ताप्लेजुङमा केबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ,’ भट्टराईले भने, ‘नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’

उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने जिकिर गरे । ‘त्यसमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ भन्ने मान्यता हो,’ उनले भने ।

विकासका विरोधी कोही पनि नभएको भन्दै धर्म संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन नसकेको उल्लेख गरे । ‘विकास विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौँ त्यसले भयंकर विवाद ल्याउँछ । हामीले देखेकै कुरा हो । त्यसैले हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो,’ उनले भने ।

शनिबार राति केबुलकारविरोधी समूहले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको भन्दै सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस