काठमाडौँ । आज नेपाल म्यानमारबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार सम्पन्न खेलमा नेपालले म्यानमारसँग २-२ को बराबरी खेलेको हो। नेपालले म्यानमारसँग दोस्रोपल्ट बराबरी खेलेको हो।
सावित्रा भण्डारीको नायकी गोलसँगै नेपाल इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा म्यानमारसँग बराबरी भयो ।
सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १-१ को बराबरी खेलेका थिए। त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३-१ ले पराजित भएको थियो।
यो बराबरीसँगै यी दुई टोलीले समान सात अंकसहित लिग चरण सक्काएका छन्। तर, गोलअन्तरमा भने म्यानमार शीर्ष स्थानमा रह्यो। अब यी दुई टोलीले उपाधि हात पार्न फागुन १४ गते पुनस् एकअर्काविरुद्ध खेल्नेछन्। यो यी दुई टोलीको अन्तर्राष्ट्रिय फुटबलमा पाँचौँ भेट हुनेछ।