काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकले २० बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ। सोमबार नेकपा एसले दुई दिन बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गरेको हो।
बैठकले सरकार नालायक र दमनकारी बन्दै जाने र सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्थामा जनताका आधारभूत मुद्दाहरूलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्याउने आन्दोलनको कार्य योजनाका रूपमा पार्टीको आगामी कार्य योजना प्रस्ताव पारित गरेको बताइएको छ ।
एकीकृत समाजवादीले पारित गरेको प्रस्ताव