२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीमा संलग्न तीन जना पक्राउ

अ+ अ-

काठमाडौँ । चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-१३ डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ५२ वर्षीय राज कुमार कार्की, धादिङ घर भएका ३३ वर्षीय फुल बहादुर तामाङ र भारत बिहार घर भएका ३२ वर्षीय महोमद इमरान रहेका छन् ।

कीर्तिपुर नगरपालिका-३ ढल्पाबाट सुन तथा चाँदीका गरगहना लगायतका सामानहरू फागुन १५ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको  हो । 

उनीहरूको साथमा प्रहरीले सुनको जस्तो देखिने रिङ २ थान, सुनको जस्तो देखिने सिक्का १ थान, घडी १ थान, चाँदीको जस्तो देखिने तिलहरी १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, सुनको जस्तो देखिने पोते सहितको तिलहरी १ थान, नगद ३ हजार रुपैयाँ, मोबाइल ३ थान, ल्याप्टप २ थान समेत बरामद गरेको छ ।

पक्राउ गरी उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।