काठमाडौँ । केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धाराबाट २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसइई)मा १९ जना विद्यार्थी सहभागी हुँदै छन् ।
कारागारभित्र रहेको जगन्नाथ माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू हुन् ।
कारागारका अनुसार १ जना महिला र १८ जना पुरुष परीक्षार्थी छन् । यो वर्षको एसइईको परीक्षा ७ चैतबाट सुरु हुँदैछ ।
गत वर्षको एसइईमा २५ जना विद्यार्थी सहभागी भएका थिए । सबै विद्यार्थी उत्तीर्ण भएका थिए । उक्त विद्यालयमा पढ्ने र पढाउने दुवै कैदी नै हुन्छन् ।