२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४५.५८ प्रतिशत पुग्यो सिद्धबाबा सुरुङ आयोजनाको भौतिक प्रगति

अ+ अ-

काठमाडौँ । सिद्धबाबा सुरुङ आयोजनाको भौतिक प्रगति ४५.५८ प्रतिशत पुगेको छ ।

गत माघमा मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदा आयोजनाको प्रगति ४० प्रतिशत हाराहारी थियो । ११ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सुरुङको भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरेका थिए ।

त्यहाँ १ हजार ८९ मिटर लामो मुख्य सुरुङ बनाइएको छ । यसबाहेक तीन बाइपास सुरुङ समेत ब्रेक थ्रु भइसकेको छ । अहिले सुरुङमा आवश्यक अन्य संरचना निर्माण जारी रहेको आयोजनाले जनाएको छ ।

यसबाहेक स्लोप प्रोटेक्सनको काम समेत जारी रहेको आयोजनाले जनाएको छ । यो आयोजनाको वित्तीय प्रगति ४३.८ प्रतिशत छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ ।

यो खण्डको झन्डै ४ किलोमिटर सडक बर्खा र हिउँदमा सधैँ पहिरोको उच्च जोखिममा पर्ने गरेको छ । सोही जोखिम मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सक्नुपर्ने छ ।

टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भुइँ र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नाली लगायत निर्माणका काम थालिएका छन् ।