काठमाडौँ । राजा फर्काउने अभियानको नेतृत्व गरेर सडकमा आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार बेलुकी टोखाबाट बरामद भएको २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको दाबी गरेका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरेका हुन् । उनले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादीनिकट तिब्बतीले लगिरहेको बताए ।
आफूले नेपाललाई तस्करले सुन तस्करीको इपिसेन्टर बनाइरहेको र त्यसबाट भारतलाई क्षति भइरहेको जानकारी पटक पटक गराएको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दाबी छ ।
उनले चैत १५ गते राजा फर्काउनका लागि जनविद्रोह थालिने दाबी गरेका छन् ।